संवैधानिक आयोगहरूका कामकारबाहीप्रति गणेशप्रसाद तिमिल्सिनाको असन्तुष्टि

Facebook
WhatsApp
Twitter

काठमाडौं, चैत ७ गते । संवैधानिक आयोगहरूका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका छन्।अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए।

आज मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्नुपर्ने स्पष्ट पारेका छन्।अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरूलाई आग्रह गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए। उनले आयोगका लागि आवश्यक स्रोत, साधानको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वर्द्धन गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published.

अर्थ
Omkar Tv

बलिउड फिल्म ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयो नाफामा

काठमाडौं । बलिउड फिल्म ‘आर्टिकल ३७०’  फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले

Read More »
अर्थ
Omkar Tv

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा बिक्री खुला

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा उक्त सेयर बिक्री खुला गरेको हो। कम्पनीले १ करोड

Read More »
अर्थ
Omkar Tv

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ

Read More »