शेयर बजार आज झन्डै ३५ अङ्कले घट्यो

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

हिजो आइतवार ९६ अङ्कले बढेको शेयर बजार आज सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ९५ अङ्कले घटेर दुई हजार तीन सय ८६ दशमलव शून्य एक विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय ३९ वटा कम्पनीका ५० लाख ४७ हजार कित्ता शेयर दुई अर्ब चार करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको आठ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सेन्ट्रल फाइनान्सको शेयर सबैभन्दा धेरै झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घट्दा पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published.

मुख्य समाचार
Omkar Tv

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं , चैत ८ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल

Read More »
मुख्य समाचार
Omkar Tv

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो

Read More »