वैशाख ३० गते हुने स्थानीय चुनावको लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयास स्वरुप पाँच दलका अध्यक्षहरुको आज ९सोमबार० बैठक बस्ने भएको छ ।
पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने प्रयास हुन लागेको हो । केन्द्रमा पाँच दलीय गठबन्धन कायम राख्ने प्रयास भएपनि जिल्ला र स्थानीय तहमा फरक–फरक तरिकाले गठबन्धन भइरहेको छ । गठबन्धनको आइतबार बसेको बैठकले सबै दलबीच चुनावी तालमेल नभए पनि गठबन्धन बाहिरका दलसँग नगर्ने निर्णय गरेको थियो ।
निर्वाचनका लागि उम्मेदवार मनोनय गर्ने दिन आइसक्दा पनि भागबण्डा नमिलेपछि गठबन्धनमा तनाव छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार र सोमबार उम्मेदवारको मनोनयनको कार्यसूची छ ।
आइतबार नेकपा एमालेका केही, स्वतन्त्रबाट केही र साना दलहरुले उम्मेदवारी दर्ता गराएका थिए ।