पालिका चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

आउँदो ३० गते हुने पालिका चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । केही दल आफ्नो उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिको कार्यालय पुगेका छन् । सत्ता गठबन्धनले भने धेरैजसो ठाउँमा भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

केही ठाउँ बाहेकमा साझा उम्मेदवार तय भइनसकेकाले भोलि मात्रै उम्मेदवारी दिने तयारी भएको गठबन्धनले जनाएको छ । यस विषयमा थप छलफल गर्न आज दिउँसो ३ बजे गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको बैठक बस्दैछ ।

आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चुनावमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने छन् । उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनु पर्छ ।

मनोनयन पत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ । २१ वर्ष उमेर पुगेका नेपाली नागरिकले पालिका चुनावमा कुनै पनि पदमा उम्मेदवार बन्न पाउँछन् ।

३० गते मतदान हुनुपूर्व उम्मेदवारी फिर्ता, उम्मेदवारमाथि दाबी–विरोधलगायतका प्रक्रिया हुनेछन् । १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुनेछ । निर्वाचन आयोगले मनोनयन दर्ता व्यवस्थित ढङ्गले सम्पन्न गर्न अपिल गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.

मुख्य समाचार
Omkar Tv

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं , चैत ८ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल

Read More »
मुख्य समाचार
Omkar Tv

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो

Read More »