मेलम्चीको पानी आजदेखि उपत्यकाका घर घरमा वितरण गरिंदै

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

मेलम्चीको पानी आज आइतबारदेखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २६ किलोमिटर सुरुङ मार्फत ल्याइएको पानी आइतबारदेखि काठमाडौंका घर घरमा पुर्‍याउने तयारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गरेको छ ।

गतवर्ष चैत २९ गते पहिलो पटक पानी वितरण गरिएकोमा असार पहिलो साता आएको बाढीले आयोजना क्षतविक्षत बनाएको थियो । बाँधस्थलमा अस्थायी संरचना बनाएर पुनः पानी ल्याइएको हो ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले अहिले केही बेरमा नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानी वितरणको निकास खुला गरेपछि पानी वितरण सुरू हुनेछ ।

केयुकेएले दैनिक १७ करोड लिटर पानी वितरण गरिने जनाएको छ । बाँधस्थलमा अस्थायी संरचना बनाइएकाले असार लाग्दा नलाग्दै पानी ल्याउन बन्द गरिने छ ।

Leave a Reply

Your email address will not be published.

मुख्य समाचार
Omkar Tv

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं , चैत ८ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल

Read More »
मुख्य समाचार
Omkar Tv

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो

Read More »