वाम–लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचण्डकाे अपिल

Facebook
WhatsApp
Twitter

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख ३० गते हुने पालिका चुनावमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्नुभएको छ ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको अवसरमा आज शुक्रवार शुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस्तो अपिल गर्नुभएको हो । ‘प्रतिगमनविरूद्धको संयुक्त सङ्घर्षका क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ । यही मान्यताका आधारमा वैशाख ३० गते हुने पालिका चुनावमा गठबन्धनले सबै पालिका र वडामा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ । तसर्थ, आउँदो चुनावमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराइ संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न विशेष अपिल गर्दछु’, प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष प्रचण्डले सङ्घीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार हुने क्रम नरोकिएको भन्दै प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताउनुभएको छ । दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवम् तानाशाही प्रवृत्तिविरूद्ध सङ्घर्ष गर्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको उहाँको भनाइ छ ।

आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवम् श्रमजीवी वर्गका निम्ति गौरवको दिन भएको उहाँको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »