डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे नेपाल आउन लागेका हुन् ।

महानिर्देशक टेड्रोसका साथ डब्लूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लूएचओका अन्य अधिकारीहरू आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने छन् । नेपालमा रहँदा टेड्रोसले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published.

मुख्य समाचार
Omkar Tv

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं , चैत ८ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल

Read More »
मुख्य समाचार
Omkar Tv

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो

Read More »