नेपालले फिलिपिन्सलाई दियो २१९ रनको लक्ष्य

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्सलाइ नेपालले २ सय १९ रनको लक्ष्य दिएको छ ।

 

ओमानको अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २ सय १८ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले नटआउट एक सय चार रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए ।

 

योसँगै कुशल र दीपेन्द्रले एक सय ७१ रनको कीर्तिमानी साझेदारी पनि गरेका छन् । कुशलले १३ चौका र एक छक्का प्रहार गरे । यस्तै दीपेन्द्रले चार छक्का र ६ वटा चौका प्रहार गरे । लोकेश बम ६ रनमा नटआउट रहे । कुशल मल्लले १२ रन बनाए भने आशिफ शेखले खाता खोल्न सकेनन् । छनोटमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published.

मुख्य समाचार
Omkar Tv

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं , चैत ८ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल

Read More »
मुख्य समाचार
Omkar Tv

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो

Read More »