कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।

कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको अवस्थामा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन सरकारले एक महिने आदेश जारी गरेको हो ।

आदेशमा आगामी माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरू एक पटकमा २५ जनाभन्दा बढी भीड नहुने गरी सञ्चालन गर्नुपर्नेलगायत विषय समावेश छन् ।

यस्तै, सबै सार्वजनिक क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गर्न पनि आदेशमा भनिएको छ । कलेज तथा स्कुलको नियमित पठनपाठन भर्चुअल माध्यमबाट गर्न प्रोत्साहित गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »