ए डिभिजन लिग: अपराजित आर्मीको सहज जित

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ ।

आर्मीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्स क्लबमाथि ३(१ को सहज जित हात पारेको हो। खेलको १०औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा दिनेश हेन्जनले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुवातमै गोल गर्दै फ्रेन्ड्सले खेलमा फर्कने संकेत देखाएको थियो । जमल एन्थोनी फ्रानकोइसले गोल गर्दै फ्रेन्ड्सलाई २(१ को अवस्थामा ल्याए । ७१औं मिनेटमा सुमन अर्यालले गोल गरेपछि आर्मीले ३- १ को जित हात पारेको हो ।

यो जितसँगै आर्मी ९ खेलमा १७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । ९ खेलमा ३ अंक जोडेर अन्तिममा रहेको फ्रेन्ड्सको भने रेलिगेसन खतरा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »