एमालेले बुझायो प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । कोरोनाभाइरसको बढ्दो संक्रमणबीच नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

आफू नेतृत्वको सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका कामहरूलाई बुँदागत रुपमा स्मरण गराउँदै एमालेले सरकारका कमजोरीलाई औँल्याउनुका साथै सुझाव पेस गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सकारको पालामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि स्टान्डर्ड गाइड लाइन तयार गर्नेदेखि ८२ वटा पीसीआर ल्याब स्थापना गरेकोलगायत १६ वटा काम गरेको एमालेले सरकारलाई स्मरण गराएको छ ।

त्यस्तै, प्रधानमन्त्रीले खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकेको, खोपको पर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको, बुस्टर खोप उपलब्ध गराउन नसकेको, बीमितहरुको रकम उपलब्ध नभएको, टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, कूटनीतिक पहल अत्यन्तै कमजोर रहेकोजस्ता आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »