वीर अस्पतालका ३० भन्दाबढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौं । पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

कोभिड – १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँछन् । विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको डा. बस्नेतको भनाई छ ।

बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो । चिकित्सकहरुका अनुसार अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर पनि उकालो लागेको छ ।

गएराति मात्रै १४ जना संक्रमित अस्पताल भर्ना भएका छन् । उनका अनुसार अस्पताल भर्ना भएका अधिकांश संक्रमितले दुवै डोज खोप लगाएको पाइएको छ ।

खोपको एन्टिबडी घट्दै गएको तथा नेपालमा प्रयोग भएको खोपको प्रभावकारीता कम भएकाले पुन संक्रमण देखिएको विज्ञहरुले बताउँदै आएका छन् ।

हाल वीर अस्पतालमा ५३ जना संक्रमितको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार ५ सय बेडसम्म सञ्चालन गर्न सकिने छ ।

तीन सय जनरल, दुई सय एचडीयू, एक सय आईसीयू सञ्चालन गर्न सकिने डा. बस्नेतले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »