नेपाल पुलिस क्लब प्रधानमन्त्री कपको सेमिफाइनलमा प्रवेश

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिस समूह ए को विजेता पनि बनिसकेको छ ।

३ खेलबाट पुलिसले ६ अंक जोडेको छ । सुदूरपश्चिम र आर्मीलाई पराजित गरेको पुलिसले अब प्रदेश १ संग खेल्न बाँकी छ । उता समूहको चारै खेल खेलिसकेको कर्णाली जम्मा २ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि पुलिसले पहिले ब्याटिङ गर्दै कीर्तिमानी २४४ रन बनाएको थियो । प्रधानमन्त्री कप टी–२० मा यो कुनै पनि टिमले बनाएको उच्च स्कोर हो ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले शतकीय साझेदारी गर्दै उत्कृष्ट ब्याटिङ गर्दै पुलिसको लागि उच्च स्कोर बनाएकाच हुन । कुशलले ३९ बल खेल्दै ९ चौका ३ छक्का मद्दतमा सर्वाधिक ८२ रन बनाए । दीपेन्द्रले २८ बल खेल्दै ९ चौका र २ छक्का मद्दतमा ६२ रन जोडे ।

कुशलले २१ बलमा र दीपेन्द्रले २३ बलमा अर्धशतक प्रहार गरेका थिए । आठौं नम्बरमा ब्याटिङ गरेका विकेटकिपर दिलिप नाथले १० बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३१ रन जोडे । आरिफ शेखले पनि ९ बलमा २ छक्का प्रहार गर्दै अविजित १८ रन बनाए ।

पवन सर्रफले २२ र कप्तान मञ्जित श्रेष्ठले १९ रन बनाए ।

कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र शाहीले २–२ विकेट लिए । पुलिसका कुशल भुर्तेल खेलको म्यान अफ दि म्याच घोषित भए ।

जवाफमा कर्णालीले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि अन्तिम बलमा रनआउट भएका प्रकाश जैसीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए ।

त्यसबाहेक कप्तान रवीन्द्रजंग शाहीले १७ रन जोड्दा दिवान पुन १७ रनमै अविजित रहे । मनिष थापा र दिनेश अधिकारीले समान १५ रन बनाए । पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले २(२ विकेट लिए । दीपेन्द्रले २ ओभरमा ८ र योगेन्द्रले ३ ओभरमा १० रन खर्चिए ।

९ बलर प्रयोग गरेको पुलिसका लागि करण केसी, गुल्सन झा, पवन सर्राफ र कुशल भुर्तेलले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »