ए डिभिजन लिग : दशरथ रंगशाला प्रवेश गर्न अब खोप कार्ड देखाउनुपर्ने

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका खेलहरु दशरथ रंगशालामा गएर हेर्ने दर्शकले अब खोप कार्ड देखाउनुपर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटीले ए डिभिजन लिगका खेल हेर्ने दर्शकको लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको व्यक्ति हुनुपर्ने निर्णय गरेको हो ।

अब दर्शकले मैदान प्रवेश गर्नुअघि नै खोप कार्ड देखाउनु पर्नेछ । यस्तै रंगशालाको गेटमा दर्शकको तापक्रम पनि नापिनेछ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले रंगशाला लगायत भिडभाड हुने सार्वजनिक स्थलमा जादा खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरस संक्रमण बढे पनि खेलकुद गतिविधि भने रोकिएको छैन । लिगको नवौँ चरण आज देखि शुरु भएको छ । नवौं चरणको पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा खेलिरहेका छन् ।

आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र सातदोबाटो युथ क्लब भिड्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »