हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौं । मेलवर्न स्थित डकल्यान्ड स्टेडियममा जारी बिग बास लिग (बीबीएल) मा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले सिड्नी थन्डर्सलाई नौ रनले पराजित गरेको छ ।

हुरिकेन्सको जितमा सन्दीपले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।आज मेलवर्न स्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाईलाई १७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा समेटियो ।

जितसँगै होवर्टले १२ खेलमा ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकाल्दै २४ अंकसहित चौथो स्थानमा छ । हुरिकेन्सले आगामी खेलमा मेलवर्न रिनेगाडेससँग खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »