शेयर बजार ५४ अङ्कले बढ्यो, ६ अर्ब ६६ करोड रुपैयाँको कारोबार

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज ५४ अङ्कले बढेको छ ।

बुधवार ३० अङ्कले घटेको नेप्से आज ५४ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।

आज अन्यबाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा शेयर तीन सय ४९ अङ्कले, निर्जीवन बीमाको दुई सय ८८, माइक्रोफाइनान्सको एक सय ७४, जलविद्युतको एक सय ५८ र विकास बैंक समूहको शेयर एक सय ४७ अङ्कले बढेको छ ।

आज दुई सय २४ वटा कम्पनीको एक करोड १८ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोसी हाइड्रोपावरको ३४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढ्दा माउन्टेन हाइड्रो र कर्णाली विकास बैंकको शेयर नौ प्रतिशतभन्दा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »