रामकुमारी झाँक्रीद्वारा धोबिखोला करिडोरको अनुगमन

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार धोबिखोला करिडोरको अनुगमन गरेकी छन् ।

मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोली बिहान बबरमहलदेखि बूढानीलकण्ठसम्मको निरीक्षण गर्न पुगेको हो ।

टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राद्यिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको मन्त्रीको सचिवालले जनाएको छ ।

अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, “करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा पुनः अनुगमनमा आउँछु ।” मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »