यस्तो छ आजको मौसम

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ ।

वाग्मती, प्रदेश एक, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भएको हो । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । आज दिउँसो पनि प्रदेश एक र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव आजदेखि हट्ने र बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् । प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा घाम लाग्ने मौसमविदको भनाई छ ।

अहिले तत्कालै कुनै पनि मौसमी प्रणाली भित्रने सम्भावना नदेखिएको मौसम विदको भनाई छ । भोलि भने मौसम सामान्य बद्ली भएर केही ठाउँमा बादल लाग्ने मौसमविद्को अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »