ब्राह्मणहरुले किन लसुन–प्याज खानु हुँदैन, यस्ता छन कारण थाहापाई राख्नुस्

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौं । विभिन्न धार्मिक मान्यताका कारण कतिपय मानिसहरुले प्याज–लसुन खाँदैनन । यसमा पनि विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् ।

आयुर्वेदका अनुसार खाद्य पदार्थलाई सात्विक, राजसिक र तामसिक गरि तीनवटा श्रेणीमा बाँडिएको छ। सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छन् ।

प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । यसको अर्थ यिनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ ।

यसले कामोत्तेजना बढाउँछ । यस्ता कुराहरुमा विशेस त ब्राह्मणहरुले ध्यान दिने गर्छन । किनकि उनीहरूले देवताको पूजा गर्ने भएकाले प्राकृतिक रूपमा शुद्ध हुनुपर्ने मान्यता राख्दछन ।

सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त भावनामध्ये सबभन्दा खराब भावना पैदा गर्छन् । उत्तेजना र अज्ञानतालाई वृद्धि गर्ने यस्ता खानेकुराले आध्यात्मिक मार्गमा हिँड्न दिँदैनन् र व्यक्तिको चेतनामा नकारात्त्मक प्रभाव पार्छन् भन्ने धार्मिक विश्वास रहेको पाईन्छ।

ध्यान र भक्तिमा लाग्ने व्यक्तिले लसुन प्याज खानै हुँदैन । काँचो लसुनमा बोटुलिजम ब्याक्टेरिया हुनाले स्वास्थ्यलाई हानि पुर्याउँछ । प्राचीन रोमन कवि होरेसले लसुनलाई विषभन्दा खराब रहेको बताएका थिए ।

हुनत लसुन प्याजले स्वास्थ्य बढाउँछन् र यी प्राकृतिक एन्टीबायोटिक हुन् भन्ने मान्यता पनि छ । तर अध्यात्ममा लागेकाहरूले लसुन र प्याज त्याग्ने सल्लाह दिन्छन् किनकि यिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गर्छन् ।

आयुर्वेदले पनि यौनशक्तिमा वृद्धिका लागि लसुन प्याज खान सिफारिस गरेको छ । त्यसैले अध्यात्ममा लागेका ब्राह्मणले लसुन प्याज खानु उचित हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »