निर्वाचन नजिकिए संगै भारत उत्तर प्रदेशमा भाजपालाई झट्का, दुई दिनमा दुई मन्त्रीसहित ६ नेताद्वारा पार्टी परित्याग

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौं । भारत उत्तर प्रदेशको विधानसभा निर्वाचन नजिकिंदै गर्दा योगी आदित्यनाथ नेतृत्वको सरकारबाट दुई दिनको बीचमा दुई मन्त्रीले राजीनामा दिएका छन् ।

यसैगरी अन्य चार विधायकले भारतीय जनता पार्टी (भाजपा) परित्याग गरेका छन् । बुधबारको दिन नेता दारा सिंह चौहानले मन्त्री पदबाट राजीनामा दिएका छन् । त्यसअघि मंगलबारको दिन मन्त्री स्वामी प्रसाद मौर्यले राजीनामा दिएका थिए । स्वामी प्रसाद मौर्य उत्तर प्रदेश राज्यमा प्रभावशाली नेताको रुपमा चिनिन्छन् । यसैबीच उत्तर प्रदेश सरकारको मन्त्रीबाट राजीनामा दिएलगत्तै स्वामी प्रसाद मौर्य विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सन् २०१४ मा घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा उत्तर प्रदेशको सुल्तानपुरको अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेको हो । आजभन्दा आठ वर्ष अगाडि देवी देवताविरुद्ध अभद्र अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ । यद्यपि यस बीचमा कांग्रेस र समाजवादी पार्टीका एक÷एक जना विधायक भाजपा प्रवेश गरेका छन् । भाजपामा कांग्रेस विधायक नरेश सैनी र समाजवादी पार्टीका विधायक हरिओम यादव प्रवेश गरेका हुन् ।

उत्तर प्रदेशमा आगामी फेब्रुअरी १० तारिखदेखि विधानसभा निर्वाचन सुरु हुँदै छ । ४०३ विधानसभा सिटका लागि १० फेब्रुअरीदेखि ७ मार्चसम्म विभिन्न चरणमा निर्वाचन हुने छ । निर्वाचनको नतिजा १० मार्चमा सार्वजनिक हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »