धादिङमा डोजरसहित पहिरोमा पु’रिएका तीन जनाको खुल्यो पहिचान

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौं । धादिङको रुबी भ्याली गाउँपालिका – १ मा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित पुरिएका तीन जनाकै पहिचान खुलेको छ ।

उत्तरी धादिङको रुबिभ्याली -१ पुरुमा आज बिहीबार बिहान प’हिरोले डो’जरसहित तीन जना पु’रि’एका थिए । पहिरोमा परी बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् ।

सडक खन्दै गरेको बेला माथिबाट खसेको पहिरो अहिले पनि खस्ने क्रम नरोकिएकाले उद्धार गर्न कठिन भएको स्थानीय शिक्षक टेक घलेले जानकारी दिए ।

रुबिभ्याली- १ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्र’ममा प’हिरो खसेको हो । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दूरीमा पर्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »