च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना संक्रमण

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । शहीद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

गत साता पोखरामा मनाङ मर्स्याङ्दीसँग खेलेर काठमाडौँ फर्किएका दुई खेलाडीमा कोरोना देखिएको टोलीका सहायक प्रशिक्षण आशिख थापा मगरले जानकारी दिएका छन । उनका अनुसार गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो ।

गत हप्ता पोखरा रंगशालामा च्यासल ५(० ले पराजित भएको थियो । त्यसपछि काठमाडौँ आएसंगै खेलाडीको टेस्ट लिँदा कोरोना देखिएको मगरले बताए । दुवै टोलीको नियमित खेलाडीसमेत हुन् । अब, नवौं चरणमा च्यासलले पुलिससँग खेल्दै छ ।

यता, जावलाखेल समेत खेलाडी बिरामी हुँदा बिहीबारको बिहानी सत्रमा १४ खेलाडीलाई प्रशिक्षणमा सामेल गराएको थियो । मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीमा रुघाखोकी देखिएकाले गोलकिपरसहित १४ खेलाडीले मात्रै अभ्यास गरेको र केही खेलाडी निको हुने अवस्थामा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »