कोरोनाको संक्रमण बढ्न थालेसँगै मोरङमा २५ जना बढीको भेलामा रोक, माघ ७ गतेदेखि खोपकार्ड अनिवार्य

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय मोरङले २५ जना भन्दाबढीको संख्यामा उपस्थिति हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ।

आज मध्यरातदेखि अर्को सूचना नहुञ्जेलका लागि प्रशासन कार्यालयले कोभिड नियन्त्रण तथा रोकथामका लागि निर्देशन दिँदै २५ जनाभन्दा बढीको सहभागितामा कार्यक्रम नगर्न भनेको हो ।

२५ जना भन्दा बढी हुने भोजभतेर, मेला, महोत्सव एवं सामाजिक कार्यमा रोक लगाईएको छ। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले यसअघि अनुमति लिएका विभिन्न महोत्सव, मेला, भेला तथा खेलकुदका कार्यक्रम स्थगन गर्ने बताएका छन ।

कोभिड रोकथाम, सम्बन्धी चेतनामूलक कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने उनले प्रष्ट पारेका छन् । त्यसैगरी प्रशासनले निजी क्षेत्रका स्वास्थ्य निकायलाई समेत कोभिड–१९ संक्रमितको उपचारका लागि शैय्यासहित उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

प्रजिअ दाहालले संक्रमण फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सार्वजनिकस्थलमा प्रवेशका लागि माघ ७ गतेबाट खोप कार्ड अनिवार्यरुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन ।

प्रशासनले तेस्रो मुलुकबाट भारतीय सीमा आउने नागरिकलाई नाकामा एन्टिजेन परीक्षणको कार्यलाई तीव्रता दिने र संक्रमित देखिए तत्काल संस्थागत होल्डिङ सेन्टर तथा होटलमा राख्ने व्यवस्था मिलाउने जनाएको छ। यसका लागि सम्बन्धित पालिकालाई समन्वय र सहजीकरण गर्न सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »