शेयर बजार साढे ३० अङ्कले घट्यो, ८ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । यो हप्ता लगातार बढेको शेयर बजार आज भने घटेको छ ।

आज शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको छ । आज व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर घटेको छ ।

निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय ६६ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमाको शेयर एक सय ९, विकास बैंकको शेयर एक सय २२, होटल तथा पर्यटनको शेयर ७८ र अन्य समूहको शेयर ७६ अङ्कले घटेको छ ।

आज शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय २९ वटा कम्पनीको एक करोड ६१ लाख कित्ता शेयर ८ अर्ब ३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव २१ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि कर्पाेरेट डेभलपमेन्छ बैंक र निफ्राको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »