विवेकशीलले हटायो रन्जु दर्शनासहितका प्रदेश संयोजक, नयाँ नेतालाई तोकियो जिम्मेवारी

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौं । विवेकशील साझा पार्टीको कार्यसम्पादन समितिले बागमती प्रदेश संयोजक रञ्जु दर्शनासहित तस्न वटा प्रदेश र अन्तर्राष्ट्रिय संयोजकलाई हटाएको छ । उनीहरुलाई हटाएपछि विवेकशील साझाले अरुलाई नेतृत्वमा ल्याएको छ ।

कार्यसमितिको गत पुस २१ गते बसेको तेह्रौँ बैठकले दर्शनासहित प्रदेश २ संयोजक अनिमेश कुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजक सुरेश भट्टहरुलाई हटाएको हो ।

कारबाहीमा परेका संयोजक मिलन पाण्डेको पक्षमा उभिएका गण्डकी प्रदेश संयोजक महेश भण्डारी र प्रदेश २ संयोजक अनिमेशकुमार मिश्रले राजीनामा दिएका थिए । बाँकीको जिम्मेवारी हेरफेर गरिएको पार्टी प्रवक्ता शरद पाठकले बताए ।

पार्टीको कार्यसम्पादन बैठकले अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजकमा एसके श्रेष्ठ, प्रदेश २ को संयोजकमा धनपति महतो, बागमती प्रदेश संयोजकमा सञ्जीवबल्लभ भट्टराई, गण्डकी प्रदेश संयोजकमा सुशीला अधिकारी केसीलाई चयन गरेको छ ।

कार्यसम्पादन समितिका निणर्यहरू छलफल तथा अनुमोदनका लागि केन्द्रीय समितिको बैठकमा पेस गर्ने पार्टीको तयारी छ । केन्द्रीय कमिटी बैठकको मिति तय भइनसकेकोको प्रवक्ता पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »