युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने डब्ल्युएचओको चेतावनी

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ ।

सन् २०२२ को पहिलो हप्तामा युरोपमा ७० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसलाई नै आधार मानेर डब्लुएचओले चेतावनी सहितको आँकलन गरेको हो ।

डेल्टा भेरियन्टको संक्रमण फैलिन नदिनका लागि प्रयास भइरहेका बेला ओमिक्रोन भेरियन्ट नयाँ चुनौतीका रुपमा आएको डा हान्स क्लुगले बताएका हुन ।

युरोपका आधा जनसंख्यामा अबको ६ देखि ८ हप्ताभित्र ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने आँकलन सियाटलमा रहेको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएयनले गरेको अध्ययनका आधारमा गरिएको हो ।

ओमिक्रोन भेरियन्टको जोखिममा युरोप र मध्य एसियाली देश रहेको जनाइएको छ । पछिल्ला अध्ययनहरुका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिने भए पनि गम्भीर बिरामी पार्ने सम्भावना भने कोभिडका अरु भेरियन्टभन्दा कम रहेको छ ।

खोपको पूर्ण मात्रा लगाएको भए पनि ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने वैज्ञानिकले बताएका छन् । उनका अनुसार युरोपेली र मध्य एसियाली देशहरू ओमिक्रोन भेरियन्टको तीव्र चपेटामा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »