प्रधानमन्त्री कप क्रिकेटः आर्मीलाई ४ विकेटले हराउँदै पुलिसको दोस्रो जित

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ । आर्मीलाई पराजित गरेसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

सोमबार मुलपानीमा भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले हराएका थियो । त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा टस जितेर फिल्डिङ रोजेको पुलिसले आर्मीले दिएको १ सय ३८ रनको लक्ष्य १८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले २२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाएर पेभेलियन फर्किए । अनिल शाह ११ बलमा २२ रन, रासिद खान १९ बलमा २८ रन जोड्दा दिलिप नाथ २५ रन बनाएर अविजित रहेका थिए ।

आर्मीको वलिङमा साहव अलामले सर्वाधिक ३ विकेट लिए । यस्तै, जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले १ विकेट लिए । यसअघि ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार गरेको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ३६ बलमा ३ चौका र ३ छक्कासहितद सर्वाधिक ४४ रन जोडे । यस्तै, ओपनर सोम्पाल कामी ३५ बलमा ६ चौकासहित ४२ रन र हरी चौहान १२ रन बनाएर पेभेलियन फर्किए । कुशल मल्ल तथा सुसन भारीले समान १२ रन बनाए । भने, अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पुलिसको बलिङमा करण केसीले ४ ओभरमा १७ रन खर्चिँदै सर्वाधिक ४ विकेट लिए । गुल्सन झा र योगेन्द्रसिंह कार्कीले समान २ विकेट तथा आरिफ शेख र दिपेन्द्र सिँह ऐरिले १ र १ विकेट लिएका थिए ।

समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »