दिल्लीमा कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सबै निजी कार्यालयहरु बन्द गर्न आदेश जारी

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । दिल्लीमा कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सबै निजी कार्यालयहरु बन्द गर्न आदेश जारी भएको छ।

दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सो आदेश दिएको हो। हाल निजी कार्यालयहरू ५० प्रतिशत क्षमतामा चलिरहेका छन् । ५० प्रतिशत कर्मचारी घरबाटै काम गरिरहेका थिए।

कार्यालयहरूमा ५० प्रतिशत मात्र कर्मचारीको उपस्थिति रहेको छ। आदेशअनुसार दिल्लीमा सबै रेष्टुरेन्ट तथा बार बन्द गरिएको छ। अब रेस्टुरेन्टबाट खानेकुरा होम डेलिभरी र टेकअवेको सुविधामार्फत हुनेछ।

अहिलेसम्म रेस्टुरेन्ट र बारहरू पनि ५० प्रतिशत क्षमतामा खुलाइएका थिए। दिल्लीमा कोभिड संक्रमणको रोकथामका लागि पहिले नै धेरै कडाई गरिदै आएको थियो। त्यसमा रात्रिकालीन कर्फ्यूपछि सप्ताहन्तमा कर्फ्यू पनि लगाइएको थियो ।

तर पनि कोरोना संक्रमण दर सुनामीजस्तै फैलिदै गएको छ। पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६८ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। कोरोनाबाटै २७७ जनाले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »