शेयर बजार आज पनि बढ्यो, ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडोा । शेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ ।

आइतवार ७३ अङ्कले बढेको शेयर बजार आज १९ दशमलव ४३ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ९५ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल–पर्यटन र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

आज जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय १८ अङ्कले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ९०, अन्यको एक सय १३, फाइनान्सको ७८, व्यापारको ५७ र जलविद्युत् समूहको शेयर ४० अङ्कले बढेको छ ।

आज दुई सय ३६ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लागेको छ । युनियन हाइड्रो र कर्पाेरेट विकास बैंकको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »