प्रधानमन्त्री कप पुरुष टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट, सुदुरपश्चिमलाई पुलिसले दियो ९४ रनको लक्ष्य

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ।

कीर्तिपुरको टियू क्रिकेट मैदानमा विहान साढे ९ बजेबाट सुरु भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्दै छ ।

पहिलो खेलमा विभागिय टीम नेपाल पुलिसले सुदुरपश्चिम सामु ९४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। मूलपानी मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन जोड्यो।

पुलिसले राम्रो सुरुवात गरे पनि विष्फोट इनिङ खेल्न भने सकेन। कुशल भुर्तेल र पनव सराफले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए।

भुर्तेललले ३८ बलमा २१ रन बनाउँदा १ छक्का प्रहार गरेका थिए। त्यस्तै १६ बलमा २० रन बनाएका सराफले ४ चौका प्रहार गरे। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। थप दोहोरो स्कोरका रुपमा आरिफ शेखले १० रन बनाए।

पुलिसलाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताले समान ३–३ विकेट लिएका थिए। शेर मल्लको नाममा २ विकेट रह्यो।

त्यस्तै, सोहि मैदानमा आजै हुने अर्को खेलमा भने नेपाल एपीएफ क्लबले प्रदेश २ को सामना गर्नेछ। यता मुलपानी मैदानमा पनि आज दुई खेल नै हुनेछन्। सो मैदानमा हुने पहिलो खेलमा पुलिस क्लबले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ।

त्यस्तै, दोस्रो खेलमा भने बाग्मति प्रदेशले लुम्बिनी प्रेदेशको सामना गर्नेछ। प्रधामन्त्री कपको चौथो संस्करणमा आर्मी विजेता बनेको थियो भने एपीएफ उपविजेता बनेको थियो।

प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ। दुवै समूहका विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। माघ ४ गते हुने सेमिफाइनलमा विजेता दुई टिमले माघ ५ गते फाइनल खेल्नेछन्।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्ने खलाडी राष्ट्रिय टिमको क्याम्पमा पर्ने प्रशिक्षक पुबुदु दाशनायकेले बताएका छन्। अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा ३० खेलाडी छन्। ती खेलाडीलाई छान्नका लागि पनि प्रधानमन्त्री कप सहयोगी हुने दाशानायकेको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »