साताको पहिलो दिन शेयर बजार ७३ अङ्कले बढ्यो

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौ । साताको पहिलो दिन शेयर बजार ७३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७३ दशमलव शून्य पाँच अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ५२ विन्दुमा पुगेको हो ।

सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय ४८ अङ्कले, विकास बैंकको दुई सय ५७ अङ्कले, माइक्रोफाइनान्स समूहको साढे ७० अङ्क र उत्पादन समूहको शेयर एक सय ३८ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९५ र निर्जीवन बीमा समूहको शेयर तीन सय ७९ अङ्कले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज एक करोड ५० लाख ५८ हजार कित्ता शेयर सात अर्ब १० करोड १८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज नेपाल हाइड्रो डेभलपर्स, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रो र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »