पृथ्वी जयन्तीमा प्रज्ञा प्रतिष्ठानद्वारा पुस्तक प्रदर्शन

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ  । पृथ्वीनारायण शाहको ३ सय औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको आयोजना गरेको छ ।पुस्तक प्रदर्शनीको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गरेका छन ।

प्रतिष्ठानमा २०१४ सालदेखि हालसम्म प्रकाशन गरेका पुस्तकहरु राखिएको छ । प्रदर्शनमा बजारमा अभाव भएका विभिन्न कृतिहरुलाई प्रकाशन गरेर प्रदर्शनीमा राखिएको उप्रेतीले जानकारी दिए । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्‍याउनका लागि प्रदर्शनी गरिएको हो । प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरेको छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन सम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगन लगायत धेरै विधाका पुस्तक समावेश गरिएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »