पाकिस्तानमा हिमपातमा परी २१ जनाको मृत्यु , उद्धार कार्य जारी

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौं । पाकिस्तानको उत्तरी भागमा भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

राजधानी इस्लामवाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरूको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् । मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमती र उनीहरूका ६ सन्तान अर्को पाँच जनाको परिवार समेत रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ। हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरूको उद्धारमा सेना खटिएको छ ।

सो क्षेत्रमा ठुलो सङ्ख्यामा एकै पटक मानिसहरू भ्रमण गर्दा सङ्कट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । भारी हिमपातले निम्तिएको घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ ।

आज साँझसम्ममा हिउँमा फसेका गाडीहरुलाई निकाल्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ । पन्जाब सरकारले हिल स्टेशनका सबै बाटाहरु बन्द गरेको छ । आपत्कालीन सेवामा खटिएकाहरुलाई बाहेक अन्यलाई त्यहाँ आउ–जाउ गर्न प्रतिबन्ध लगाइएको छ । खाना र कम्बल लगेर उद्धारमा जानेहरुलाई मात्र अनुमति दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »