काजकिस्तानमा सरकार विरोधी प्रदर्शन झनै चर्कियो, १८ जना सुरक्षाकर्मीको मृत्यु

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । काजकिस्तानमा सरकार विरोधी प्रदर्शन झनै चर्किएको छ ।

इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन् । मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ । केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

सयौँको संख्यामा नागरिक घाइते भएका छन् । झण्डै २३ सय जना प्रदर्शनकारी सुरक्षाकर्मीको नियन्त्रणमा छन् । प्रदर्शनलाई नियन्त्रण गर्नेक्रममा दुवै पक्षबीच झडप भएको हो ।

आन्दोलनमा विदेशीको घुसपैठ भएको काजकिस्तानको सरकारी पक्षले दाबी गरेको छ । रुसले नेतृत्व गरेको सैन्य बल काजकिस्तान पुगेको छ ।

राष्ट्रपति कासिम जोमार्ट तोका–येभले हिँसात्मक गतिविधि नियन्त्रण गर्न २५ सय रुसी सेनाको सहयोग लिएको बताएका छन ।

संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, फ्रान्सलगायतका देशले दुवै पक्षलाई हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । प्रदर्शन चर्किएसँगै काजकिस्तानमा सङ्कटकाल घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »