जीप दुर्घटना: एकको मृत्यु‚ आठ जना घाइते

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौं । दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप कट्टी खोलानजिकै मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप मालिक २९ वर्षीय कृष्ण रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहले जानकारी दिएका छन ।

डीएसपी शाहका अनुसार दुर्घटनामा आठजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ पठाइएकोछ।

जीपमा चालकसहित १० जना सवार थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले जीप अनियन्त्रित भइ दुर्घटना भएको देखाएको छ । जीप दुर्घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »