डोटीमा प्रहरीद्वारा १ सय ७० लिटर छ्याङ नष्ट

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाण्डौं । जिल्ला प्रहरी कार्यालय डोटीले त्यहाँका विभिन्न ठाउँमा लुकिछिपी उत्पादन गरेका १७० लिटर छ्याङ नष्ट गरेको छ ।

प्रहरीले बाजुरा बुढीनन्द नगरपालिका–९ पाण्डुसैन घर भइ डोटी दिपायल सिलगढी नगरपालिका–७ को सडक खण्डमा अस्थायी टहरा बनाइ बस्ने मानबहादुर थापाले उत्पादन गरेको ६० लिटर, लक्ष्मी गुरुङले ४५ लिटर, अनिता बोगटीले ३० लिटर र दिपायल सिलगढी–६ बस्ने लक्ष्मी भण्डारीले उत्पादन गरेको ३५ लिटर गरी जम्मा १७० लिटर छ्याङ नष्ट गरेको हो ।

समुदायमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न प्रहरीले जाँड(रक्सी नष्ट गर्दै आएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिएका छन ।

पछिल्लो केही हप्ता देखि जिल्ला प्रहरी कार्यालय डोटीको निर्देशनमा जाँड(रक्सी नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »