थप एक करोड मात्रा कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारको निर्णय

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

सरकारले एक करोड मात्रा कोरोनाविरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वर्ष भन्दा माथिको उमेर समूहलाई लगाउन मिल्ने गरी एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको बताए ।

करिब ६० लाख फाइजर र ४० लाख मोर्डना खोप खरिद गर्न लागिएको हो। १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन खोप खरिद गर्न लागिएको हो ।

कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरूद्ध खोप लगाइसक्ने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »