प्रधानन्यायाधीश राणाको एकल इजलास , सबै किसिमका मुद्दाको पेशी तोकियो

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीशहरुको सर्तविपरीत आज सबै किसिमका मुद्दाको पेशी तोकेका छन् ।

सर्वोच्चका न्यायाधीशहरू प्रन्या जबराको राजीनामा माग्दै आन्दोलनमा छन् भने उनीहरुले इजलास समेत बहिस्कार गर्दै आएका छन् । तर बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेशी तोक्नुपर्ने, प्रन्या जबराले आफू कुनै पनि इजलासमा बस्न नपाउनेलगायउत सर्तसहित न्यायाधीशहरु इजलासमा बस्न थालेका थिए ।

तर प्रधानन्यायाधीश आफू पछि नचाहेपछि र उनले आजका लागि आफ्नो पनि इजलास सहित सबै किसिमका मुद्दामा पेशी तोकेपछि मतभेद झनै बढ्ने देखिएको छ ।

न्यायाधीशहरुसँगको सहमति उल्लंघ गर्दै आज प्रन्या जबराले सबै किसिमका मुद्दा पेसीमा राखेका छन् । प्रधानन्यायाधीश जबराले मंगलबारका लागि आफ्नो एकल इजलास तोकेका छन् भने अन्य ९ वटा इजलास विभिन्न न्यायाधीशलाई तोकेका छन् ।

राजीनामा नदिने मुडमा रहेका प्रन्या जबराले पेलेरै जाने संकेत गरेपछि अदालतभित्रको द्वन्द्व झन बढ्ने देखिएको छ । उनको कदमबाट अरु न्यायाधीशहरू थप असन्तुष्ट हुने र अवस्था अझ बिग्रन सक्ने बताएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »