Subscribe

युरोपा लिगमा आज २४ खेल हुँदै

युरोपा लिग फुटबल प्रतियोगिता अन्तर्गत आज ९बिहीबार० विभिन्न २४ खेलहरु हुँदैछन् । आज अन्तर्गत समूह चरणको चौंथो खेलमा २४ क्लबहरुले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

 

 

 

 

आजको खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको क्लब टोटेनहमले एलएएसकेसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११ः४० मा सुरु हुने छ ।

 

 

 

आजको खेलमा टोटेनहम जित निकाल्दै समूह जेको शीर्ष स्थानमा रहने योजनामा रहने छ । लिगमा ४ खेल खेलेको टोटेनहमको ९ अंक रहेको छ । शीर्ष स्थानमा रहेको अन्टोरेपको पनि ९ अंक छ । सोहि समयमा हुने अर्को खेलमा इटालियन क्लब एसी मिलानले सेल्टिकसँग प्रतिस्पर्धा गर्दैछ । मिलान समूह एच अन्तर्गत लिगको दोस्रो स्थानमा रहेको छ ।

 

 

त्यस्तै प्रिमियर लिग क्लब आर्सनलले खेलमा अष्ट्रियन क्लब रापिड विनसँग खेल्नेछ । समूह ‘बी’ मा रहेको आर्सनलले घरेलु मैदानमा रापिडसँग खेल्न लागेको हो । आर्सनल ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आर्सनल यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । यस्तै अर्को खेलमा इटालियन क्लब नापोलीले एजे अल्कामसँग खेल्नेछ ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्