Subscribe

पहिरोले सडक अवरोध

काठमाडौं । ललितपुर, जाजरकोट र दैलेखमा पहिरोले सडक अवरोध भएको छ । ललितपुरको वाग्मती गाउँपालिका ३, पाङदुर डाँडामा आएको सुक्खा पहिरोका कारण आश्राङ–गिम्दी जाने बाटो अवरोध भएको छ । साथै उक्त पहिरोसँगै खसेको ढुंगाले वाग्मती गाउँपालिकाको ना.अ. प्र. ज. ३५२ नम्बरको एम्बुलेन्सको पछाडिको सिसामा लागि क्षति भएको छ ।

 

 

 

 

 

जाजरकोट, भेरी नगरपालिका १०, घुरचौरको बाउनचौरमा आएको अविरल वर्षाका कारण छिन्चु–जाजरकोट खण्डअन्तर्गत १२ मिटर पिच रोड कटान गरी बाटो पूर्ण रूपमा अवरोध भएको छ ।

 

 

 

 

 

 

यस्तै दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७, सांगेतडास्थित कर्णाली राजमार्गमा वर्षाका कारण पहिरो आएपछि बाटो अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय राकमबाट खटिएको प्रहरीले पहिरो हटाउने कार्य गरिरहेको छ ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्