Subscribe

गोठमा आगलागी ; तीन गाई र एक बाच्छा मरे

भक्तपुरको गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छा मरेका छन्।

 

बुधबार राति पौने १२ बजे भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ३० वर्षीया पार्वती थापाको गोठमा आगलागी हुँदा ३ गाई र १ बाच्छा मरेका महानगरीय प्रहरी वृत्त, जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिए।

 

 

कुडो पकाउने क्रममा चुल्होबाट आगो सल्किएर घर अगाडि जस्ताले बारेको एक तले कच्ची गोठमा आगलागी भएको हो। र स्थानीय मिलेर आगो निभाएका प्रहरीले जनाएको छ।

 

 

‘प्रहरीलाई आज बिहान मात्रै खबर आयो। आगो स्थानीयले नै मिलेर निभाएका थिए,’डिएसपी जोशीले भने।

प्रकाशित समय १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्