Subscribe

प्रधानमन्त्रीलाई उभिएर बोल्न गाह्रो भए पछि रोष्ट्रममै कुर्सी राखियो

 

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएको छ ।

 

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताउनु भयो । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गर्नु भएको थियो ।

 

तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गर्नु भएको हो । त्यसपछि उहाँलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्