Subscribe

रसियामा यति पुग्यो कोरोना संक्रमितको संख्या

साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ ।

 

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ९४ हजार २७८ जना संक्रमित भएका छन् ।

 

संक्रमितमध्ये १९ लाख ८ हजार १११ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ४४५ जनाले ज्यान गुमाएका छन् भने ८८ हजार ८५८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

२६ लाख ६२ हजार ८९८ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७६४ जनाको अवस्था गम्भीर छ ।

 

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९८१ जनाको मृत्यु भएको छ । १५ लाख ५० हजार २९४ जना संक्रमित भएका छन् ।

 

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् भने २ हजार ७२२ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्