Subscribe

काठमाडौं कोरोनाका बिरामीमुक्त क्षेत्र

काठमाडौं कोरोनाका बिरामीमुक्त भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गर्नू भएको छ । नेपालकी सबैभन्दा धेरै उमेर भएकी कोरोना संक्रमित निको भएसँगै काठमाडौं कोरोना बिरामी मुक्त भएको जानकारी प्रधानमन्त्री ओलीले ट्विटरमार्फत गराउनु भएको छ ।

कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो हुनु भएसँगै काठमाडौं उपत्यका हाललाई कोरोना बिरामीमुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एकपटक सुस्वास्थ्यको कामना गर्दछु प्रधानमन्त्री ओलीले ट्वीटमा लेख्नु भएको छ ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्