Subscribe

हेर्नुहोस् २०७७ सालमा सिंह राशीको भाग्य कस्तो छ ?

सिंह राशी हुनेहरू कालागि २०७७ सालमा वर्षको अधिकांश समय वृहस्पति पंचम भावमा रहने हुँदा इच्छा र आकांक्षाहरू पूरा हुनेछ । राहुलेपनि राम्रै फल दिनेछ, समाजमा ईज्जत तथा प्रतिष्ठा बढेर जानेछ । शनिले भने विदेशमा रहनेहरूको लागि प्रगति नै गराउनेछ । देश विदेश, सामाजिक तथा धार्मिक यात्राहरू हुनेछन् । घर परिवारमा मंगल कार्यको अवसर जुर्नेछ, तर वर्षको उत्तरार्धमा अग्नि र चोरको भय भने रहिरहनेछ ।

 

व्यापाररव्यवसाय
सिंह राशिकोलागि यो बर्ष आर्थिक हिसावले निकै राम्रो छ । तरल पदार्थ तथा विमा क्षेत्रमा गरिएको लगानि मौलाउनेछ । कृषी तथा होटल लाईनको व्यापार फस्टाउनेछ, तर स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाईनेछैन । आर्थिक दृष्टिले जेठ, असार माघ र फागुन महिना शुभ रहनेछ ।

 

प्रेम र सम्बन्ध
दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनेछ । आफन्त र नजीकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको अत्यामा भने घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । संतानको रहर गर्नेले संतान प्राप्तिको सम्भावनापनि रहेकोछ ।

 

शिक्षा
अध्ययन अध्यापनमा पूर्ण सफलता मिल्नेछ । व्याक लागेका विद्यार्थीरुले उत्तीर्ण गर्न सक्छन् । अनुसंधान र टेक्निकल क्षेत्रका विद्यार्थीहरूले विशेष सफलता मिल्ला । पढ़ाईको सिलसिलामा बिदेश जाने र स्थानीय तहको सहयोग पाउनेछन् ।

 

पेसाररोजगार
वर्ष भरि नै राहु र वृहस्पतिको कारणले नयाँ जागीर वा रोजगारको अवसरले पछयाउनेछ । वैदेशिक रोजगारमा रहेकाहरूलाई पनि यो वर्ष सफलता मिल्नेछ । प्रसंसा र प्रमोसनको संभावनापनि प्रवल छ ।

 

स्वास्थ्य
चोटपटकको भए भने रहेकोछ । हात गोडामा चोटलाग्न सक्छ । ग्यासटिक रोगले सताउन सक्छ, अतस् स्वास्थ्यमा खर्च बढ्नेछ । खानपिनमा र यात्रा गर्दा सतर्कता अपनाउन बढी आवस्यक छ ।

 

शुभ रङ्ग
रातो, खैरो, घ्यूरंग र हरियो शुभ रङ्ग हो ।

 

शुभ अङ्क
३, ५, ७ र ९ शुभ अङ्क हो ।

 

दर्शन र पूजा
प्रत्येक आईतबार सूर्य भगवानको जप र पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक आईतबार वृद्ध जनलाई सहयोगगरी र आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर र पिपालको वृक्षारोपण गर्नालेपनि ग्रहवाधा कम हुनेछ ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्