Subscribe

आत्महत्या

समाजमा अशान्ति छ,अराजकता छ,सोषण छ,विद्रोह छ र अस्थिरता छ। यसै बीच मान्छेले शान्ति चाहान्छ र मानिसको लागि शान्ति र सुख पाउने छिटो र भरपर्दो उपाय मृत्यु हो तर मृत्यु पनि आफुले जति बेला चाह्यो त्यतिबेला आउदैन त्यसैले मानिसले आत्महत्याको बाटो रोज्दछ। आत्महत्याको बाटो अत्यन्तै सरल र विश्वसनिय बाटो हो पूर्ण शान्तिका लागि। के त्यसो भए आत्महत्या मात्रै हो त सुखको मार्ग?आत्महत्याको कारण के हो र किन गर्छन मान्छेले आत्महत्या ?

मृत्यु स्वभाभिक हो र सत्य पनि। मृत्यु बाट कोइ अछुत रहन वा भाग्न सक्दैनन्। मान्छे जसले बाच्न जान्दैनन् र जिवनाको को अर्थ बुझ्दैनन् वा भनौ कोइ मानिस लाई आफ्नो जीवन उल्लासपूर्ण लागी रहेको छैन भने उसले आफ्नो जिवनलाई सिध्याउने गम्भीर अपराध गर्न पुग्छ।

मानिसका लागी आत्महत्या गर्ने विविध कारण हुनसक्छन।

१)सारीरिक समस्या ः मानिसलाइ आफ्नो सरिर सबैभन्दा सुन्दर होस् भन्ने इच्छा हुन्छ।तर मानिस जति नै सुन्दर भए पनि आफुमा केहि न केहि खोट लगाउन मन पराउछ।मानिसलाई विभिन्न रोगले ग्रसित बनाउछ। दिनदिनै रोगले च्याप्दै गएपछि उसलाई जीवन प्रति कुनै चासो लाग्दैन र त्यस रोगिले समाज र घरपरिवारको अपहेलना सहनु पर्यो भने त आत्महत्या बाहेक जीवनमा अन्य विकल्प नरहेको उसले सोच्छ र आत्महत्याको बाटो रोज्न पुग्दछ।

२ंं)मानसिक ः पागलपनका कारण हुने आत्महत्या मानसिक समस्या को ज्वलन्त उदाहरण हो।

३)व्यवहारिकः मानिसहले यस संसारमा बाच्नका लागि जिन्दगिलाइ विविन्न ठाउमा हण्डर खुवाउनु पर्ने हुन्छ। आफ्नो र परिवारको जिवन चलाउनका लागि मानिसले अनेक काम गर्न पुग्छ।यसैबीच उसमा ऋण,भोकमारी,गरिबी थपिदै गयो र उसले यसबाट मुक्ति पाउने बाटो देखेन भने आत्महत्याको बाटो रोज्ने सम्भावना अत्याधिक हुन्छ।

४)सामाजिकः मानिस सामाजिक प्राणि हो र उसले समाजमा बस्न जरुरी पनि छ।समाजमा बसे पछि समाजका अनेक रितिरिवाज,चालचलन,धर्म,सस्कृति र परम्परा मान्न मानिस वाध्य हुन्छ।र यी परम्परामा विवेधकारी व्यवस्था भएपछी मान्छेले आफु यिनै परम्पराका कारण अपहेलित भएको महसुस गर्यो भने उसले आत्महत्याको बाटो अपनाउन सक्छ।

५) प्रेम ः यस विश्वमा भएका हतियारहरु मध्य प्रेमलाई सबैभंन्दा शक्तिशाली हतियार मानिन्छ।हरेक मानिसको आफु भन्दा विपरित लिंगी संग प्रेम हुनु स्वाभाविक क्रिया हो तर प्रेम जब घृणामा परिणत हुन्छ अथवा भनौ जब मानिसले प्रेममा धोका पाउछ अत्याधिक मनिसले यसलाई स्वाभाविक प्रेक्रियाको रुपमा लिन्छन तर जसले यसलाई स्वाभाविक प्रक्रियाको रुपमा लिन सक्दैन र यस घटना बाट भयावित हुन्छ उसले आत्महत्याको बाटो रोज्न सक्छ्।

६)देखासिकीःसामाजिक संजालका कारण मानिसहरु एकदमै नजिक छन्। उनीहरुले विश्व घटनालाई आफ्नै आखा अगाडी देखि रहेका छन। आत्महत्याको कुरा जति गर्यो अथवा जति सुन्यो विभिन्न मानिसलाई आत्महत्या स्वाभाविक प्रक्रिया लाग्न सक्छ र अनुभवका लागि वा चर्चा कमाउन का लागि पनि मानिसलाई आत्महया गर्ने मनोवल प्राप्त हुन्छ।

विश्वमा हरेक वर्ष औसतमा ८ देखि १० लाख मानिसले आत्महत्या गर्छन।हरेक ३० सेकेन्डमा १ जना मानिसले आत्महत्याको प्रयास गर्छ र हरेक ४० सेकेन्डमा १ जना मान्छेको आत्महत्या हुन्छ। १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोश्रो कारण आत्महत्या बन्न पुगेको छ।विश्व तथ्यांक हेर्दा आत्महत्या को घटना अत्याधिक रुपमा विकासोन्मुख मुलुकमा हुने गरेको पाइन्छ। आत्महत्या जति भइ रहेको हुन्छ त्यसको २० गुणा बढी आत्महत्या को प्रयास भएको पाइन्छ। महिलाको तुलनामा पुरुषले बढी आत्महया गर्छन भने आत्महत्याको प्रयास भने महिलाहरुले बढी गर्ने गरेको पाइन्छ।

 

नेपालको कुरा गर्दा हरेक वर्ष औसतमा ४ हजार ६७४ जनाले आत्महत्या गरेको तथ्याङ्क नेपाल प्रहरी ले सार्वजनिक गरेको छ।आत्महत्या को जोखिममा नेपाल विश्वभरमा सातौ स्थानमा छ भने महिलामा तेस्रो स्थानमा।

आत्महत्या चलिरहने प्रक्रिया हो तर यसलाई रोक्न भने सकिन्छ। यसलाई रोक्नका लागि मानिसलाई रोजगारीको अवस्था श्रीजना गर्ने, जिवन लाई सुखी र खुसि बनाउने योग र ध्यानको मार्ग अपनाउने,मानिसहरु लाई बाच्न प्रति उत्सुक बनाउने जनचेतनामुलक कार्यक्रमको संचालन गर्ने र मानिसहरु लाई रचनात्मक कार्यमा व्यस्त राख्ने हो भने आत्महत्या को घटना लाई न्यूनीकरण गर्न सकिन्छ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्