Subscribe

चट्याङको आवाज सुनेर बेहोस भएका युवाको मृत्यु

उदयपुर ; चट्याङको अवाज सुनेर बेहोस भएका उदयपुरका एक युवाको उपचारका क्रममा ज्यान गएको छ । शनिबार दिउँसो ४ बजे आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा बेहोस भएका चौदण्डीगढी नगरपालिका ५ खोरियाका १८ वर्षीय दिपेश मगरको उपचारका क्रममा शनिबार राती मृत्यु भएको हो ।

 

 

 

नजिकै परेको चट्याङको आवाजले बेहोस भएका मगरको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गोबिन्द पुरीले जानकारी दिए ।

प्रकाशित समय १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्