Subscribe

महिलामा हुनुपर्ने ३२ लक्षण, तपाईंमा के के छन् ?

हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर-बधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती सर्वश्रेष्ठ मानिन्छन् । धर्मशास्त्रमा ‘३२ गुणले सम्पन्न’ नारीका बारे उल्लेख गरिएको हुन्छ ।

महिलनामा हुनु पर्ने ३२ लक्षणहरु यी हुन् –

१) चमक्क चम्किने केश हुनु ।
२) हातका औँला लामा–लामा हुनु ।
३) दुढ आत्मविश्वास हुनु ।

४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।
५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।
६) हरिणका जस्ता फिला हुनु ।

७) गुप्ताङगहरु गुप्त रहनु ।
८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।
९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।
११) पाखुरा राम्ररी फर्कने हुनु ।
१२) पाखुरा लामा हुनु ।

१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।
१४) शंख समान घाँटी हुनु ।
१५) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

१६) ३२ वटा दाँत हुनु ।
१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।
१८) समान मिलेका दाँत हुनु ।

१९) बंगारा स्वच्छ र सुन्दर हुनु ।
२०) जिब्रो लामो हुनु ।
२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२) पातलो (सुरिलो) स्वर हुनु ।
२३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।
२४) कुरा (बाचा)मा अडिक रहनु ।

२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।
२६) मिलेको कपाल हुनु ।
२७) अल्छी नहुनु ।

२८) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।
२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।
३०) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।

३१) स्वभाव लज्जालु हुनु ।
३२) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्